विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
सारांश
- काठमाडौं, २० असार ।
- नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई प्रहरीले गएराति गिरफ्तार गरेको छ ।
- मंगलबार राति ९ बजेतिर पुनलाई काठमाडौंको लाजिम्पाटबाट गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई प्रहरीले गएराति गिरफ्तार गरेको छ । मंगलबार राति ९ बजेतिर पुनलाई काठमाडौंको लाजिम्पाटबाट गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका नेता पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केही पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् ।
यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्र उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । बाँकीलाई रिहा गरे पनि पोलिट्ब्यूरो सदस्य बम र राईसहित ७ जनालाई म्याद थपेर हिरासतमा राखेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया