त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु

सारांश

  • नुवाकोट, १४ साउन ।
  • आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।
  • गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

नुवाकोट, १४ साउन । आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो ।

तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । “अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ” केन्द्र प्रमुख भट्टले भने।

आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत् र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत् केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब रु एक करोडको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ । विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले बताउ । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन नोक्सानी भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन
परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने
परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश

तपाईंले छुटाउनुभयो कि?