दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी

सारांश

  • दाङ, असार १ ।
  • युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारी ले मधेशको समस्या देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
  • प्रेस चौतारी नेपाल दाङले बिहीबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पहाडीले बहुसंख्यक मधेशी जनताहरुले निर्वाचन चाहरिहेको समयमा मधेशको ईच्छा बिपरित चुनाव सारिएको त्यसको प्रतिकारमा उत्रने बताउनुभएको हो ।
दाङ, असार १ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारी ले मधेशको समस्या देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले बिहीबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पहाडीले बहुसंख्यक मधेशी जनताहरुले निर्वाचन चाहरिहेको समयमा मधेशको ईच्छा बिपरित चुनाव सारिएको त्यसको प्रतिकारमा उत्रने बताउनुभएको हो । स्थानीय निर्वाचन राष्ट्रवादी र राष्ट्रघाति शक्तिको बीचको लडाई भएको भन्दै जनताहरुले राष्ट्रवादी शक्ति एमालेलाई बहुमत दिएकाले त्यबाट डराएर राष्ट्रघाती शक्तिहरु निर्वाचन रोक्ने प्रपञ्चमा लागेको बताउनुभयो । ‘ईतिहासमै पहिलो पल्ट भएको स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गरेको छ । जनताहरुले राष्ट्रवादी शक्तिलाई वियजी बनाएका छन् । यो देखेर कांग्रेस–माओवादी चुनाव रोक्ने षड्यन्त्रमा लागेका छन्’, अध्यक्ष पहाडीले भन्नुभयो, ‘मधेशको विषयमा जति कुरा बाहिर आइरहेका छन्, त्यो यथार्थमा होइन । हामी मधेशका कार्यक्रम गरेर आएका छौं । कतै पनि आन्दोलनको प्रभाव परेको छैन । दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । यसो गरिए हामी कडा प्रतिकारमा उत्रन्छौं ।’ हल्ला गरे जस्तो तराई मधेशमा निर्वाचन बिथोल्ने कार्य नभएको भन्दै अध्यक्ष पहाडीले आफूहरु तराई मधेशका जिल्लामा रहेकाले केही नेताहरुको आग्रहमा निर्वाचनको मिति नसार्न सरकारसँग माग गर्नुभयो । एमालेको चट्टानी अडानले स्थानीय तहको निर्वाचन भएको भन्दै अध्यक्ष पहाडीले निर्धारित समयमै सबै निर्वाचन सम्पन्न गराउने दायित्व एमालेले बहन गर्ने बताउनुभयो । एमालेले नजित्दासम्म मुलुकले नजित्ने दावी गर्दै अध्यक्ष पहाडीले देशी बिदेशी प्रतिक्रियावादी शक्तिहरुको पहलमा कांग्रेस माओवादी गठबन्धन तयार भएर एमालेको बिरुद्धमा निर्वाचनमा हामिएकाले त्यसलाई चिर्न जनताहरुले एमालेलाई विजयी बनाउनुपर्ने बताउनुभयो । समृद्ध दाङ निर्माणका लागि एमाले उम्मेदवारलाई जिताउन आग्रह गर्दै अध्यक्ष पहाडीले स्वच्छ, निष्पक्ष र धाँधलिरहीत तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि युवा संघले देशैभरि अभियान जारी राखेको बताउनुभयो । जिल्ला अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेसबहादुर राम्जाले गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?