प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
सारांश
- कञ्चनपुर, २२ भदाै।
- बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् ।
- उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् ।
कञ्चनपुर, २२ भदाै। बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् । उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् ।भेटमा महानिरीक्षक अपराधमा संलग्न दोषी जो सुकै भएपनि नछाड्ने आश्वासन दिए । ‘हामीले प्रहरीको नियतमाथि शंका छ हजुर भन्यौँ, अनि उनले दोषी प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ तपाईहरु ढुक्क रहनुहोस भनेका छन्’ निर्मलाका बुवा यज्ञराज पन्तले भने ।
यज्ञराज पन्तले घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापरबाहीका विषयमा पनि महानिरीक्षक खनाललाई जानकारी गराएको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया