विश्वकप अभ्यासः अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
३० पटक हेरिएको
Shares
विश्वकप अभ्यासः अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित

सारांश

  • एजेन्सी ।
  • आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ ।
  • साउथह्याम्पटनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । साउथह्याम्पटनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २४० रनको लक्ष्य अष्ट्रेलियाले ४४ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ग्लेन म्याक्स्वेलले ३६, शाउन मार्शले ३४ तथा मार्कस स्टोनिसले ३२ रन बनाए । श्रीलंकाका जेफ्री भान्दरसेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ५ विकेट गुमाएर २३९ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय डी सिल्भाले ४२ रन बनाए । थिसरा परेराले २७ रन जोड्दा कुशल मेन्डिसले २४ रन जोडे । अष्ट्रेलियाका लागि एडम जाम्पाले २ विकेट लिए ।

इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । अभ्यास खेलमा अष्ट्रेलियाको यो लगातार दोस्रो जित हो ।अष्ट्रेलियाले यसअघि इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?