श्रीमतीको सम्झनामा मन्दिर निर्माण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
९७७ पटक हेरिएको
Shares

सारांश

  • दाङ, १७ वैशाख ।
  • यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ ।
  • दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो ।

दाङ, १७ वैशाख । यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ । दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो ।

धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । मन्दिरको अक्षतृतीयाको अवसरमा शनिबार उद्घाटनसमेत गरिएको छ ।

वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

यहाँका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच गरिएको छ । दाङ घोराहीको तेरौटेमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाको आँखा जाँच गरिएको हो ।

रिपोर्टर्स क्लब, दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरको संयुक्त आयोजनामा हिजो गरिएको निःशुल्क आँखा जाँच शिविरमा दुई दर्जन बढी वृद्धवृद्धालाई सेवा दिएको थियो । आँखा शिविरमा चारजना वृद्धवृद्धाको आँखाको दृष्टि गुमेको र चारजना वृद्धवृद्धाको आँखामा मोतिबिन्दुका कारण आँखा नदेख्ने समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र सहायक अधिकृत शालीकराम गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?