तराई—मधेस छुट्टै देश हो-राजपाको विवादस्पद घोषणापत्र !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
तराई—मधेस छुट्टै देश हो-राजपाको विवादस्पद घोषणापत्र !

सारांश

  • काठमाण्डौ ।
  • मधेश केन्द्रित दलहरु एकता भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तराई–मधेशलाई छुट्टै देशको रुपमा व्याख्या गरेका छन् ।
  • प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्रमा राजपाले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या गरेको छ ।

काठमाण्डौ । मधेश केन्द्रित दलहरु एकता भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तराई–मधेशलाई छुट्टै देशको रुपमा व्याख्या गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्रमा राजपाले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या गरेको छ ।

घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै देश रहेको राजापले उल्लेख गरेका छ । राजपाले एक राज्य एक राष्ट्र हुनैपर्छ भन्ने धारणा आदर्शवादी भएपनि सधै व्यवहारिक नहुने व्याख्या गर्दै दक्षिणतिरको समथर भूमीलाई छुट्टै देशको रुपमा चित्रण गरेको छ ।

विश्वका अन्य राष्ट्रहरुसँग तुलना गर्दै राजापाले तराई—मधेसलाई छुट्टै देशको रुपमा व्याख्या गर्ने विवादस्पद दृष्टिकोण घोषणापत्रमा ल्याएको हो ।
जापान, स्वीडेन, दि नेदरल्यान्ड्स एक राज्य र एक राष्ट्र भएका अन्यन्तै थोरै मुलुकहरुमध्ये हुन् । तर, अमेरिका, क्यानडा, भारत र विश्वका अन्य अनिगिन्ति देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन भन्दै राजापाले भनेको छ,‘यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो ।’

‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वाशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको छ । त्यस्तै भारतको दार्जिलिंग, सिक्किम, आसम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी सँस्कृती, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ,‘राजापाको घोषणापत्रको प्रस्तावनामा उल्लेख छ, ‘यसैगरीकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शत प्रतिशत नेपाली हुन तर ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि हो । जसको निश्चित भुगोल, समान जीवन पद्दति, सँस्कृति, सभ्यता एवं मनोविज्ञान छ । यो भारत, मरिसस र अन्य देशका समुदायहरुसँग मेल खान पनि सक्छ ।’

पार्टीले घोषणापत्र बनाउने जिम्मेवारी राजपा अध्यक्ष मण्डलका सँयोजक महन्थ ठाकुरलाई दिएको थियो । ठाकुरले पार्टीभित्र छलफल नै नगरी मधेसलाई छुट्टै देशको रुपमा लिनुपर्ने धारणा घोषणापत्रमा ल्याएको प्रति पार्टीकौ नेतृत्वपंक्ति असन्तुष्ट भएको छ ।

पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञवल्क्य मैत्रियी एवं २५०० वर्ष पहिले जन्मेका शान्तिदूत गौतम बुद्ध सबै एकै राष्ट्र भएको राजपाको घोषणापत्रमा उल्लेख छ ।

जातीय विविधता एवं भौगोलिक र अन्य तरिकाले फरक हुन गएका राष्ट्रहरुलाई एउटै राज्यमा समाहित र आत्मसाथ गर्ने लोकतान्त्रिक राजनीतिक शासन निर्माण नै आदर्शवादी राजनीतिक चिन्तकहरुका लागि ठूलो चुनौती भएको भन्दै राजपाले भनेको छ, नेपाल निकै लामो समयदेखि यस्तै चुनौतीको सामना गर्दै आएको मुलुक हो ।’

सबै नागरिकले समानता महसुस गर्दा मात्रै एउटा राज्य–राष्ट्र निर्माण प्रारम्भ हुने र यसको प्रस्थानविन्दु लोकतन्त्र र चुनौती विदेभ भएको राजपाको विश्लेषण छ ।

महोत्तरीको जलेश्वरमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्, जसको प्रस्तावनामा नै नेपाललाई ‘बहुराष्ट्रिय’ देश भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ
४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई

तपाईंले छुटाउनुभयो कि?