पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीबीच यस्तो भलाकुसारी…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीबीच यस्तो भलाकुसारी…

सारांश

  • काठमाडौं ।
  • नेकपाका नेता नारायणकाजी श्रेष्ठ पोखराको साहित्य सम्मेलनमा भाग लिएर काठमाडौं फर्कदै थिए ।
  • एयरपोर्टमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि देखा परे ।

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठ पोखराको साहित्य सम्मेलनमा भाग लिएर काठमाडौं फर्कदै थिए । एयरपोर्टमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि देखा परे । उनीहरु दुईजनाको जम्काभेट पोखरा एयरपोर्टमा भयो । एकछिन दुवैको भलाकुसारी भयो ।

ज्ञानेन्द्रले आफ्नी बुहारी हिमानी र नातिनीलाई लिन विमानस्थल पुगेका बेला दुवैजनाको भिआइपी कक्षमा भेट भएको हो ।

ज्ञानेन्द्रका परिवार अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै दुई साता पोखरा बस्दैछन् ।अघिल्लो हप्ता पत्नी कोमलसहित पोखरा पुगेका ज्ञानेन्द्रका बुहारी, नातिनीहरू मंगलबार पोखरा पुगेका थिए ।
श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदा त्यहाँ खटिएका प्रहरीले पूर्वराजा ज्ञानेन्द्र पुगेको जानकारी दिएका थिए ।

ज्ञानेन्द्रले नारायणकाजीलाई देखेपछि नमस्कार गरेर हालखबर सोधेका थिए। काठमाडौं पोखरा बीचको सडक बिग्रेको भन्ने विषयमा कुरा गरेका थिए । सडक बिग्रदा आफूहरु हवाइ मार्ग हिड्नु परेको दुखेसो ज्ञानेन्द्रले गरेका थिए ।

श्रेष्ठले ज्ञानेन्द्रलाई पुस्तकका बारेमा सोधेका थिए । श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए। ज्ञानेन्द्रले मनिषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?