दुर्घटनामा एकको मृत्यु, दुई घाइते
सारांश
- मलेखु, धादिङ, १२ फागुन, पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
- जिल्लाको गजुरी गाउँपालिका–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
- मुग्लिनबाट काठमाडौंँतर्फ जाँदै गरेको ना६ख ९०७६ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको बा८५प ६२७२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिकाका कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।
मलेखु, धादिङ, १२ फागुन, पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्लाको गजुरी गाउँपालिका–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौंँतर्फ जाँदै गरेको ना६ख ९०७६ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको बा८५प ६२७२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिकाका कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।
त्यस्तै बेनीघाट रोराङ गाउँपालिका–५, बाँदरेमोडमा चितवनबाट काठमाडौँ जाँदै गरेको लु१ख ९६१७ नंको ट्रकले बा ८०प ९९५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक बालविकास रावल र मोटरसाइकलको पछाडि बसेका उमा सावत घाइते भएका छन् । घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया