मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
सारांश
- हेटौडा,२४ जेठ ।
- त्रिभुवन बिश्वबिद्यालयले लिएको बि बि एम को स्नातक तह सातौ सेमेस्टरको जाचमा मकवानपुर बहुमुखी क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
- हेटौडा उपमहानगरपालिका ११ निवासी रमनी पराजुलीले ३ दशमलब ६२ जिपिए ल्याएर नेपाल तेस्रो भएकी हुन्।
हेटौडा,२४ जेठ । त्रिभुवन बिश्वबिद्यालयले लिएको बि बि एम को स्नातक तह सातौ सेमेस्टरको जाचमा मकवानपुर बहुमुखी क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
हेटौडा उपमहानगरपालिका ११ निवासी रमनी पराजुलीले ३ दशमलब ६२ जिपिए ल्याएर नेपाल तेस्रो भएकी हुन्। हाल प्रदेश न ३ का मुख्य मन्त्री डोरमणि पौडेल व्यवस्थापन समिति अध्यक्ष रहेको मकवानपुर बहुमुखी क्याम्पसले पहिला पनि व्यवस्थापन संकायमा नेपाल भरिमा नै प्रथम स्थान हासिल गर्न सफल भएको थियो।
अहिले बिबि एम को सातौ सेमेस्टरमा पनि क्याम्पस शत प्रतिशत रिजल्ट निकाल्न सफल रहेको छ। १४ जना बिध्यर्थिमा ७ जनाले बिशिस्ट र ७ जनाले प्रथम श्रेणीमा उतिर्ण गरेका छन्। मकवानपुर बहुमुखी क्याम्पसमा २०७० साल देखि बि बि एम को पढाई सुरु भएको थियो। त्यसबेलामा देशभरिमा ८ वटा क्याम्पसमा मात्र पढाई हुन्थ्यो भने बिद्यार्थी पनि जम्मा २८५ थिए।
अहिले देशभरिमा २६ भन्दा बढी क्याम्पसहरुमा यसको पढाई हुन्छ भने ७०० भन्दा बढी बिद्यार्थी छन्। अहिले आएर बिबिएम प्रति बिद्यार्थीहरुको आकर्षण बढेको मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बच्चुराम अधिकारीले बताए । पहिला ब्याचका १५ मध्ये ३ जना मात्र पढाईको लागि बाहिरी देश गएको भएपनि अरु १२ जनाले बैंक र इन्सुरेन्समा काम गरिरहेका सो क्याम्पसका डिपार्टमेन्ट प्रमुख मधु कुमार सिंहले बताए।
क्याम्पसको यो सफलतामा आफु एकदम हर्षित रहेको बताउदै मुख्यमन्त्री पौडेलले आगामी दिनमा झन् राम्रो रिजल्ट ल्याउने बनाउने र यसको लागि सम्पूर्ण व्यवस्थापन परिवार, शिक्षक कर्मचारी र बिद्यार्थीहरुमा समेत धन्यबाद दिए।
Suresh Thapa
Ok very good