नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत

सारांश

  • काठमाडौं ।
  • सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ ।
  • यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो ।

काठमाडौं । सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो ।

नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो ।
लोडसेडिङ अन्त्य, अनुकूल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कारण नेपालको आर्थिक वृद्धि उच्च भएको विश्व बैंकको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनको विश्लेषण छ । गत आर्थिक वर्ष सन् २०१६ मा नेपालको आर्थिक वृद्धि ० दशमलव ४ प्रतिशत मात्रै रहेको थियो । नेपालले सन् २०१५ मा ३ दशमलव ३ र २०१४ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो ।
विश्व बैंकको प्रतिवेदनका अनुसार सन् २०१७ मा विश्वमा सबैभन्दा उच्च आर्थिक वृद्धि इथियोपियाको हुनेछ । त्यहाँको आर्थिक वृद्धि ८ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण छ । सरकारले पूर्वाधारमा ठूलो मात्रा लगानी गरेका कारण इथियोपियाको आर्थिक वृद्धि उच्च हुन पुगेको विश्व बैंकको भनाइ छ । अघिल्ला तीन वर्षमा इथियोपियाको अर्थतन्त्र क्रमशः १० दशमलव ३, ९ दशमलव ६ र ७ दशमलव ५ प्रतिशतले बढेको थियो ।

नेपालको लगत्तै पछि भारत छ । सन् २०१७ मा भारतको आर्थिक वृद्धि ७ दशमलव २ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । निर्यात वृद्धि तथा सरकारी खर्च उच्च रूपमा बढेकाले भारतको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको विश्व बैंकको ठहर छ । यसअघिका दुई वर्ष सन् २०१५ र २०१६ मा भारतले क्रमशः ७ दशमलव ९ र ६ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । तान्जानियाले पनि सन् २०१७ मा भारतकै बराबर आर्थिक वृद्धिदर हासिल गरेको छ । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
आजको राशीफल
आजको राशीफल
ताली बजाउँदा हुन्छन् यस्ता फाइदा
ताली बजाउँदा हुन्छन् यस्ता फाइदा
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने
वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ
 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ