दुर्घटना अपडेट: हुम्लामा तारा एयर विमान दुर्घटना, सात जना घाइते(फोटोहरु)
सारांश
- काठमाडौं, १२ मंसिर।
- हुम्लामा सीमिकोट विमानास्थलमा तारा एयरको बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सात जना गम्भीर घाइते भएका छन्।
- घाइतेमा विमानका चालक अनुप गुरुङ र बसन्त लामा रहेका छन्।
काठमाडौं, १२ मंसिर। हुम्लामा सीमिकोट विमानास्थलमा तारा एयरको बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सात जना गम्भीर घाइते भएका छन्। घाइतेमा विमानका चालक अनुप गुरुङ र बसन्त लामा रहेका छन्। बाँकी घाइते प्रहरी भएको हुम्लाबाट पत्रकार नरजंग तामाङले शिखरन्युजलाई बताए । एयर होस्टेस श्रेया श्रेष्ठ सामान्य घाइते रहेकी छिन्।

मंगलबार बिहान सिमिकोट विमानस्थलबाट नेपालगञ्जका लागि उड्न लागेको विमान धावनमार्ग छाड्ने वित्तिकै दुर्घटना भएको थियो । नाइन एन एबिएम बिमान धावनमार्ग छाड्ने वित्तिकै खाद्य गोदाम नजिकै दुर्घटनामा परेको थियो। घाइतेहरुको हुम्लामा जिल्ला अस्पतालमा उपचार भैरहेको छ। 
विमानमा चालक दलका तीन सदस्यका साथै १३ प्रहरी सवार थिए। प्रहरीहरु पहिलो चरणमा चुनावमा खटिएर नेपालगञ्ज फर्किदै थिए।
घाइते उद्दारका लागि हेलिकप्टर सिमिकोट पठाएको प्रहरीले जनाएको छ।
Bimal Gnawali
Sabai pules matra ho ki k ho ra