ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

सारांश

  • मकवानपुर, कात्तिक २८ – हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी लेवटमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुईजनाको उपचारका क्रममा मंगलबार दिउँसो ज्यान गएको छ ।
  • हेटौडाबाट मनहरी बजारतर्फ जाँदै गरेको ना ७ ख ४८०९ नम्बरको ट्रिपरले मनहरीबाट हेटौडा बजारतर्फ आउँदै गरेको ना ३३ प ८६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो ।
  • ज्यान जानेमा नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षका अनिल जिसी र गैडाकोट ५ बस्ने २३ वर्षका पुनम बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताउनुभयो ।

मकवानपुर, कात्तिक २८ – हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी लेवटमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुईजनाको उपचारका क्रममा मंगलबार दिउँसो ज्यान गएको छ ।

हेटौडाबाट मनहरी बजारतर्फ जाँदै गरेको ना ७ ख ४८०९ नम्बरको ट्रिपरले मनहरीबाट हेटौडा बजारतर्फ आउँदै गरेको ना ३३ प ८६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो ।

ज्यान जानेमा नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षका अनिल जिसी र गैडाकोट ५ बस्ने २३ वर्षका पुनम बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताउनुभयो । उनिहरु दुबैजनाको हेटौडाको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?