आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै

सारांश

  • काठमाडौं।
  • नेपाल र ओमानका बीचमा आज प्रतिस्पर्धा हुँदैछ।
  • आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

काठमाडौं। नेपाल र ओमानका बीचमा आज प्रतिस्पर्धा हुँदैछ। आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ। यो खेल बिहान ९ बजे सुरु हुनेछ।

यसअघि नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेकाे हाे भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। उसले यसअघि मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो। नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ।

टी-२० मा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?