दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
२० पटक हेरिएको
Shares
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द

सारांश

  • एजेन्सी, २९ मंसिर ।
  • दुलहीलाई दुलाहाका साथीले नाँच्न कर गरे ।
  • दुलही मानिन् ।

एजेन्सी, २९ मंसिर । दुलहीलाई दुलाहाका साथीले नाँच्न कर गरे । दुलही मानिन् । उनीहरुले दुलहीलाई तानेर नचाउन लगे । दुलही असन्तुष्ट भइन् । आफूमाथि र्दुव्यवहार भएको भन्दै विवाह गर्न मानिन् ।

दुलहीलाई दुलाहा पक्षले मनाउन खोजे तर मण्डपमा बस्न मानिनन् । उनले आफूलाई र्दुव्यवहार हुँदा मूकदर्शक भएको भन्दै दुलाहा र उनका परिवारसँग असन्तुष्टि पोखिन् । यसरी विवाह नै रद्द भयो ।

यो घटना भारतको उत्तर प्रदेशको हो । टाइम्स अफ इन्डियाका अनुसार दुलाहा बरैली जिल्लाका हुन् भने दुलही कन्नौजकी हुन् । दुवै स्नातक गरेका हुन् । शुक्रबार भएको घटनापछि दुवै पक्षबीच तनाव भएको थियो । दुलही पक्षले दाइजोको मुद्दा समेत हालेको छ ।

दुलाहा पक्षले सम्झाएर सामान्य तरिकाले विवाह गर्न भन्दा पनि दुलही मानिन् । उनको परिवारले पनि साथ दियो । यसरी विवाह नै रद्द भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?