आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

सारांश

  • त्रिवेणी ।
  • रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ ।
  • शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत साम्रमी तथा मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको हो ।

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ ।

शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत साम्रमी तथा मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको हो । आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई रु २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सोअन्तरगत चामल, दाल, नून, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ । मृत्य भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरियाखर्च उपलब्ध गराइएको हो ।

बाँकी मृतकका परिवारलाई आज प्रभावित क्षेत्रमा पुगेर राहतसँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिए । मृतकका परिवारको सङ्ख्या आठबीसकोटमा २४ रहेको छ । बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरियाखर्च दिन बाँकी रहेको उनले जानकारी दिए । आइतबारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम जारी छ । नगरपालिकालाई विभिन्न ठाउँबाट सङ्घ संस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको नगरपालिकाको जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार नगरपालिकालाई प्राप्त भएको राहत सागग्री प्राप्त गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको छ । राहत वितरणका लागि कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम लगायतको समूहले आठबीसकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिहेको छ । भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षतिसँगै भौतिक संरचना ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
५० यात्रु बोकेको बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु
५० यात्रु बोकेको बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
यसकारण काण्डैकाण्डमा फस्दै छन् उत्कृष्ट डीएसपी
यसकारण काण्डैकाण्डमा फस्दै छन् उत्कृष्ट डीएसपी
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन….
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन….
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान  ?
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान ?
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा

तपाईंले छुटाउनुभयो कि?