चीनमा बन्यो उड्ने स्कुटर, यस्ता छन् विशेषता
सारांश
- चीनको झाओ डेली नामक व्यक्तिले एक अनौठो उड्ने मेसिन बनाएका छन् ।
- उनका अनुसार यो विश्वको पहिलो उड्ने फ्लाइङ स्कुटर हो ।
- झाओको जन्म चीनको एक गाउँमा भएको थियो ।
चीनको झाओ डेली नामक व्यक्तिले एक अनौठो उड्ने मेसिन बनाएका छन् । उनका अनुसार यो विश्वको पहिलो उड्ने फ्लाइङ स्कुटर हो । झाओको जन्म चीनको एक गाउँमा भएको थियो । उनी सानैदेखि उड्ने मेसिन बनाउने सपना देख्थे । उनको यो सपना ४ दशक नाघ्दा पुरा भएको छ र उनले विश्वकै पहिलो फ्लाइङ स्कुटर बनाउने श्रेय पाएका छन् ।
उनले चीनको ग्वाङडोङ प्रान्तको डोंगआन शहरमा आफ्नो पहिलो फ्लाइङ स्कुटर टेष्ट गरेका थिए । साथै उनले सो आविष्कारको पहिलो भिडियो पनि सार्वजनिक गरेका थिए । किनकि उनले आफ्नो आविष्कार विश्वसामु प्रस्तुत गर्न चाहन्थे । फ्लाइङ स्कुटरमा एक चालक मात्र बस्नको लागि सिट रहेको छ । र, यो मेसिन क्वाडकप्टर ड्रोन जस्तै देखिन्छ ।
उनको भनाइ अनुसार सो एयरक्राफ्ट मार्फत २२० किलोग्रामको तौल बोक्न सकिन्छ र यसको स्पिड ७० किलोमिटर प्रति घण्टा रहेको छ । फ्लाइङ स्कुटरको प्रोपेलर्स सेन्ट्रल फ्लेममा रहेको छ र यसको डिजाइन निकै नै हल्का तरिकाले बनाइएको छ । उनले यो मेसिनको नाम ‘जिन डोऊ यून’ राखेका छन् । जसको अर्थ एक एक चाइनिज सुपर मंकी राजाद्वारा चलाइएको एक बादल हुन्छ ।
उनले सो मेसिनको टेष्ट १५ सय भन्दा पनि बढी पटक गरेका छन । उनको सपना एक दिन आफ्नो फ्लाइङ स्कुटरबाट चीनकै प्रसिद्ध येलो नदीलाई पार गर्नु रहेको छ । सन् २०१९ को प्रारम्भ तिरै यसलाई बजारमा बिक्री गर्नका लागि उपलब्ध गराइने बताइएको छ । हाल यो १५ मिटर माथि सम्म जान सक्छ । तर भविष्यमा यसलाई एक हजार मिटर सम्म माथि पु¥याउन सकिने झाओले बताएका छन् ।
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
काठमाडौँ । केही दिनदेखि देशभर भारी वर्षा भईरहेको छ। निरन्तरको मनसुनी वर्षाका कारण साना तथा ठूला नदीहरुमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।
हाल नेपालको पुर्व देखि पश्चिम तराई भू(भागमा मनसुन न्यूनचापिय रेखा रहिरहनेरहेकाले आगामी २४ घण्टासम्म भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अझै केही दिनसम्म देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनी वर्षा भईरहने छ।
अविरल वर्षाका कारण पाल्पाको सिद्धबाबामा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । यता नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा पनि पानीको वहाव एकदमै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि खतराको घण्टी र रातो झण्डा राखिएको छ । बाढीकै कारण भारतका आसाममा ३ जनाको ज्यान गएको छ भने ४ लाख मानिस प्रभावित भएका छन्।
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
मेलम्ची। एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ। पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन।
“चीनबाट सामग्री भित्रिन थालेको छ”, भन्सार अधिकृत केशवराज ओलीले भने। भन्सारले कारोवार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए। ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ। सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन्। रासस
प्रतिक्रिया