पहिरामा परी चार बेपत्ता पाँचको शव फेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
पहिरामा परी चार बेपत्ता पाँचको शव फेला

सारांश

  • जाजरकोट, २० साउन ।
  • सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ ।
  • पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझै बेपत्ता छन् ।

जाजरकोट, २० साउन । सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको हाे। मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उनकी छोरी नौ वर्षीया भावना, छ वर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका उनको अवस्था गम्भीर रहेको बताइएको छ । सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ । प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् ।

पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् । उद्धार र उपचारमा कुनै कसुर बाँकी नराख्न उनले निर्देशन दिनाका साथै सुर्खेतबाट घाइतेका उपचारका लागि हेलिकप्टर जाजरकोट जान लागेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल
6 Qualities Men Find Quite Attractive in Women
6 Qualities Men Find Quite Attractive in Women
तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

तपाईंले छुटाउनुभयो कि?