दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ

सारांश

  • काठमाडौं, २४ भदौ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष दिगम्बर झाले आज पद तथा गोपनीयताको शपथ खाएका छन् ।
  • आज सञ्चार मन्त्रालयमा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

काठमाडौं, २४ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष दिगम्बर झाले आज पद तथा गोपनीयताको शपथ खाएका छन् । आज सञ्चार मन्त्रालयमा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

भर्खरै अध्यक्षमा नियुक्त झाले नियुक्ति लगत्तै पदभार ग्रहण गरेका छन् । प्राधिकरणको अध्यक्षमा नियुक्त भएपछि केही सञ्चारमाध्यमले प्रायोजित रुपमा बिना आधार समाचार सम्प्रेषित गरेका थिए ।

नेपाल सरकारको कर्मचारीको रुपमा विभिन्न ठाउँमा काम गरी धेरै ठाउँको प्रमुख भएर कुशलतापूर्वक कार्यसम्पादन गरेका झा अनुभवी, योजनाकार र कुशल ब्यवस्थापक मानिन्छन् । सिराहाको सामान्य परिवारमा जन्मिएका झाको बारेमा बाहिर विभिन्न समाचार आए पनि लाभको पदमा रहँदा अनियमितता गरेको कुनै कतै सामान्य उजुरी र प्रमाण समेत नभेटिएको बताइन्छ । झाको नियुक्तिसङ्गै टेलिकम क्षेत्रमा अब योजनाबद्ध भिजनले अगाडि बढ्ने आम जनमानसको विश्वास रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?