धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?

सारांश

  • इटहरीका मेयर द्वारिका चौधरीले पत्रकारलाई नाकको डाडीँ भाचिदिन्छु भनेको ४८ घण्टा नवित्दै धरानका एक पत्रकारमाथि आक्रमण भएको छ ।
  • धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि गएराति अपरिचित समूहले कार्यकक्षमा नै गएर आक्रमण गरेको छन् ।
  • धरान चत्तारा लाईनमा रहेको एक अनलाईन टेलिभिजनमा काम गरिरहेका बेला आफुमाथि एक्कासी आक्रमण भएको प्रहरीसमक्ष बताएका छन् ।

इटहरीका मेयर द्वारिका चौधरीले पत्रकारलाई नाकको डाडीँ भाचिदिन्छु भनेको ४८ घण्टा नवित्दै धरानका एक पत्रकारमाथि आक्रमण भएको छ । धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि गएराति अपरिचित समूहले कार्यकक्षमा नै गएर आक्रमण गरेको छन् । धरान चत्तारा लाईनमा रहेको एक अनलाईन टेलिभिजनमा काम गरिरहेका बेला आफुमाथि एक्कासी आक्रमण भएको प्रहरीसमक्ष बताएका छन् । आक्रमणबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । घाईते भएका राईलाई गएरातिनै विपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो ।

उनको टाउकोमा ६ टाँका लगाइएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । राईमाथि आक्रमण गर्ने मध्येका एक फुर्वा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सुनसरीकै ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले संचार कर्मीमाथि हातपात गर्ने धम्की दिंदै आएका थिए । त्यसको केही दिनमै यस्तो घटना भएको हो । मेयर चौधरीले इटहरीका पत्रकारलाई नाकको हड्डी भाँच्छु भन्दै धम्की दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?