‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • चलचित्र छक्का पञ्जा २ को पोस्टर सार्वजनिक भएको छ ।
  • चलचित्रका निर्माता तथा कलाकार दिपक राजगिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् ।

काठमाडौं । चलचित्र छक्का पञ्जा २ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपक राजगिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । यसअघि निर्देशक दिपाश्री निरौलाले मित्रता दिवसको अवसर पारेर पोस्टर सार्वजनिक गरेकी थिइन् । चलचित्रमा रहेका दुई गीतहरु सार्वजनिक भइसकेका छन् । दुवैलाई दर्शकले रुचाएका छन् ।

सार्वजनिक पोस्टरमा चलचित्रका सबै जसो मुख्य कलाकारहरु समावेश छन् । असोज ११ गते प्रदर्शन हुन लागेको छक्का पञ्जा २ मा प्रियंका कार्की, दिपकराज गिरि, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै चलचित्रको ट्रेलर पनि यसै हप्ता सार्वजनिक हुने दिपकराज गिरीले फेसबुकमार्फत बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?