माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार

सारांश

  • काठमाडौ – माछापुच्छ्रे बैंकले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
  • बैंकले धनुषाको नागराइन नगरपालिकाको फुलगामा र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिकामा महुली शाखा कार्यालयको सुरुवात गरेको हो ।
  •   शाखाहरूको उद्घाटन पूर्वसभासद् तथा बैंकका पूर्वअध्यक्ष डा।

काठमाडौ – माछापुच्छ्रे बैंकले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले धनुषाको नागराइन नगरपालिकाको फुलगामा र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिकामा महुली शाखा कार्यालयको सुरुवात गरेको हो ।

 

शाखाहरूको उद्घाटन पूर्वसभासद् तथा बैंकका पूर्वअध्यक्ष डा। वीरेन्द्रप्रसाद महतोले स्थानीय तह प्रमुखसँग संयुक्त रूपले गरेका थिए ।

 

यसका साथै धनुषाको धारापानीमा २४ घन्टा नै रकम झिक्न सकिने एटिएमको सुविधासमेत उपलब्ध गराएको बैंकले जनाएको छ ।

 

नयाँ शाखा र एटिएम गरी बैंकका ८३ शाखा, २ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा र ८८ एटिएम पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?