बेरोजगार युवालाई देश निर्माणमा लगाइने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बेरोजगार युवालाई देश निर्माणमा लगाइने !

सारांश

  • काठमाडौँ, १४ असोज ।
  • सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ ।

काठमाडौँ, १४ असोज । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान शुरु गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले युवालाई केन्द्रित गरेर ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस र साझा कार्यक्रमका रुपमा अपनत्व गर्ने गरी सञ्चालन गरिने छ ।” रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उहाँले आम नेपाली युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने बताउनुभयो । सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भन्नुभयो, “सबै नेपाली युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।”

श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै उहाँले श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । सीपविनाको जनशक्ति वैदेशिक रोजगारीमा नजाने गरी संरचना निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिँदै मन्त्री विष्टले सम्पूर्ण जनशक्तिलाई सीप प्रदान गर्न विशेष कार्यक्रम ल्याइने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालभित्रै नेपालको जनशक्तिलाई रोजगारी दिने सरकारको प्रमुख प्राथमिकता हो । नेपाल विकासको प्रारम्भिक अवस्थामा छ, विकासका अभियान अगाडि लैजाँदा लाखौँ जनशक्ति मुलुकभित्रै उपयोगमा आउन सक्छ ।”

प्रारम्भिक चरणमा एक लाखलाई रोजगारी उपलब्ध गराउने जानकारी दिँदै मन्त्री विष्टले चालू आव भित्रै लाखौँ व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको छौँ । हामी यसको अन्तिम चरणमा छौँ, रोजगारीको दुनियाँमा लाखौँ युवालाई रोजगारी दिने गरी कार्यक्रम सार्वजनिक गर्छौं ।” शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उहाँले सानो नीतिगत निर्णयले मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको जानकारी दिनुभयो । विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

मन्त्री विष्टले भन्नुभयो, “श्रम व्यक्तिको जीवन, भविश्य, समृद्धिको महत्वपूर्ण आधार हो, श्रमलाई एकदिवसीय अभियानका रुपमा मनाउने होइन, हरेक नागरिकको जीउने कलाका रुपमा श्रमलाई सम्मान गर्ने गरी अभियान चलाउने छाँै ।” नेपालमा सजिलो काम नगर्ने तर विदेशमा जोखिमपूर्ण काम मनोवृत्तिलाई बदल्न गरी मरुभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी हात नेपाल बदल्न सक्छन् भन्ने विषयलाई पुष्टि गर्नेगरी रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो । गरीबी र बेरोजगारी नेपालको प्रमुख चुनौती रहेको बताउँदै उहाँले बेरोजगारीका कारण युवा जनशक्ति बाँच्नकै लागि विदेशिन बाध्य भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोगको खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ महिनादेखि घर जग्गा किनबेच गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
माघ महिनादेखि घर जग्गा किनबेच गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
यसरी समातिएको थियो सुन
यसरी समातिएको थियो सुन
रोकिएन बलत्कारका घटना: पाँच वर्षीया बालिका बलात्कृत
रोकिएन बलत्कारका घटना: पाँच वर्षीया बालिका बलात्कृत
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन
१६ दिने अभियान शहर केन्द्रित भए’
१६ दिने अभियान शहर केन्द्रित भए’
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल

तपाईंले छुटाउनुभयो कि?