देउवा बन्लान् त संसदीय दलको नेता: आज उम्मेदवारी, भोलि मतदान
सारांश
- काठमाडौं, २० फागुन – नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ ।
- संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे ।
- आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौं, २० फागुन – नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे । आजको नयाँ पत्रिकामा खबर छ ।
आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षको छ । तर, संस्थापन पक्ष भने कांग्रेसले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयनका लागि चुनाव गराएर ऐतिहासिक काम गरेको बताउँछ ।
संस्थापन पक्षका नेता सांसद बालकृष्ण खाणले दलको नेतामा देउवा सभापतिको उम्मेदवार बन्ने र उनले दुईतिहाइले जित्ने बताए । ‘सभापतिले नेता बन्ने चाहना राखेपछि अन्य नेता सर्वसम्मत बनाउन राजी हुनुपर्ने हो । कसैले प्रतिष्ठाको विषय बनाएर सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने पक्का भएको छ,’ खाणले नयाँ पत्रिकासँग भने, ‘सभापतिजी उम्मेदवार बन्नुहुन्छ । दुईतिहाइ मतले नेतामा जित्ने निश्चित छ, त्यसभन्दा बढी मत ल्याउने कोसिस हामीले गरिरहेका छौँ ।’
पौडेल पक्षको शुक्रबार बसेको बैठकले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेता सिंहले निर्वाचनमा पार्टीको खस्केको साखलाई पूर्ववत् अवस्थामा पुर्याउन र शुद्धीकरण गर्न आफू उम्मेदवार बन्ने बताए । ‘अवसर पाएर पनि सफल नेतृत्व दिन नसक्ने नेतालाई, पुनः संसदीय दलको नेता बनाउनु भनेको पार्टीलाई झन् कमजोर बनाउनु हो,’ सिंहले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा संस्थागत सुधार गर्न र वर्तमान चुनौतीबाट पार लगाई ५ वर्षपछि हुने निर्वाचनमा पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन मेरो उम्मेदवारी हो । साथीहरूले मेरो योजनामा साथ दिनुहुनेछ भन्ने आशा छ ।’
यस्तो छ अंकगणित
प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् । तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् । पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ ।
तीमध्ये नेता सिटौलाको पक्षमा रहेका काठमाडौं–६ बाट जितेका भीमसेनदास प्रधानले बिहीबार नै सभापति देउवालाई भेटेर दलको नेतामा मत दिन आश्वासन दिएका छन् । सिटौला पक्षकै बारा–१ बाट जितेका उमाकान्त चौधरी र उद्योपति विनोद चौधरीले पनि देउवालाई नै मत दिने संस्थापन पक्षको आँकलन छ । संस्थापन पक्षका नेता खाणले आफूहरूले दुईतिहाइ मत पुर्याइसकेको र, त्यसभन्दा बढी पुर्याउन आफूहरूले अर्को पक्षका सांसदहरूसँग ‘वान टु वान’ कुराकानी गरिरहेको बताए । ‘दुईतिहाइ त पुगिहाल्यो, त्यसभन्दा बढी ल्याउन हाम्रो प्रयास जारी छ,’ खाणले भने ।
सोमबार निर्वाचन
सोमबार हुने दलको नेता निर्वाचनका लागि आइतबार(आज)उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिका अनुसार अपराह्न ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।
सांसदको शपथपछि संसदीय दलको निर्वाचन
कांग्रेसले पार्टीका तर्फबाट सांसद निर्वाचित भएकाहरूले संघीय सांसदको शपथ लिएपछि दलको नेता चयन गर्ने बताउँदै आएको छ । कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र दलको नेताको निर्वाचन गर्न लागेको जनाएको छ ।
Nagal Man Bdr
काँग्रस मुर्ख बर्जस्वाट सभासद जू कहिले अाउछ चेतना पुरानि मनस्थिति लाई नयाँ पुस्ताकाे माईन लाई एक पटक चेकगर्नाेसत
Sundar Tangbe
Kunai halat ma deuba hunu hunna congress lai yasto abasta purayara pani nainikta Le pani didaina
Purna Gurung
शेरेको पछि पछी लाग्दा त काङ्ग्रेस ओरालो लागेको अब फ़ेरि तीनै शेरे काकाको पछी हैट कैले चेतीने हो काङ्ग्रेसजन????
Pradip Basnet
सेरेले काङ्ग्रेस डुबाएरै छाड्नी भो।भारतको गुलाम ठिकै भो।