नेकपा सचिवालय बैठक अपरान्ह बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ५, २०७६
|
|
१६ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बुझिएको छ ।
  • प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित सहभागी हुने बैठक पहिलोपटक बस्न लागेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित सहभागी हुने बैठक पहिलोपटक बस्न लागेको हो । ओली मृगौला प्रत्यारोपणपछि पहिलोपटक पार्टीको बैठकमा सहभागी हुन लागेका हुन् ।

सरकार र पार्टी संचालनमा ओली विस्तारै सक्रिय हुनथालेका छन् । उनलाई चिकित्सकले बालुवाटारमै बसेर आराम गर्न भनेपनि सिंहदरबार पुगिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?