देशका सबै भू-भागमा औषधि पुर्याउन मन्त्री यादवले दिए निर्देशन !
सारांश
- काठमाडाै, २३ जेठ ।
- नवनियुक्त उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशका सबै भूभागमा आवश्यक औषधिको उचित व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
- मन्त्री यादवले गुणस्तरीय औषधिको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि अनुगमनको काममा तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराएका हुन्।
काठमाडाै, २३ जेठ । नवनियुक्त उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशका सबै भूभागमा आवश्यक औषधिको उचित व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री यादवले गुणस्तरीय औषधिको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि अनुगमनको काममा तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराएका हुन्।
बुधबार स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुलाई निर्देशन दिँदै उनले औषधिहरुको परिक्षणका लागि आवश्यक प्रविधिहरुको प्रयोग गर्ने विषयमा पनि आवश्यक तयारी गर्न ढिलाई गर्न नहुनेमा जोड दिए। उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा थपिदै गएको चुनौति सामना गरेर अघि बढ्ने जिम्मेवारी पूरा गर्न सम्बन्धित निकाय सफल हुने विश्वास पनि व्यक्त गरे।
उनले स्वास्थ्य चुनौति गम्भिर विषय भएको भन्दै त्यसलाई सामना गर्न सधैं तयारी अवस्थामा बस्नुपर्नेतर्फ पनि स्वास्थ्य मन्त्रालयका कर्मचारीको गम्भिर ध्यानाकर्षण गराए। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले मन्त्रालयको मुख्य– मुख्य कार्ययोजनाका बारेमा उपप्रधानमन्त्री यादवलाई ब्रिफिङ गरेकी थिइन्।
Damodar Dahal
नेता जी अनि मंत्री ज्यू पनि ।