विचौलिया समाउने कानुन बन्दै
सारांश
- काठमाडौं ।
- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अदालतबाट विचौलियाहरु हटाउन कानुन बन्न लागेको बताएका छन् ।
- विचौलियाको जताततै साम्राज्य भएकाले अब कानुन बनाएर हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अदालतबाट विचौलियाहरु हटाउन कानुन बन्न लागेको बताएका छन् । विचौलियाको जताततै साम्राज्य भएकाले अब कानुन बनाएर हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यत्रतत्र विचौलियाहरू भएको र उनीहरूलाई कानुनी दायरामा ल्याउने काम हुन लागेको बताए ।
कार्यविधि संशोधन गरेर विचौलियालाई कार्वाही गर्न थाल्ने बताए । अदालतको अवहेलना लगाएर कार्वाही गर्ने तयारीमा भएको बताए । राणाले अदालतमा विचौलियाको साम्राज्य नै रहेको बताउँदै विचौलियालाई निरुत्साहित गर्न कानुनमा संशोधन गरेर उनीहरूलाई अवहेलनामा चलाउने विषयमा छलफल भइरहेको पनि जनाए।
प्रधानन्यायाधीश राणाले तत्कालै न्याय सुधार आयोग गठन गर्नुपर्ने खाँचो नभएको बताए । न्यायालय सुधारका विषयमा आफूले प्रयास गरिहेको बताए । पेसी तोक्दा टिप्पणी भएमा सर्वोच्चको पूर्ण बैठकमा समेत छलफल गरेर एउटा विकल्प अपनाउने बताए ।
प्रतिक्रिया