संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु

सारांश

  • मेलम्ची।
  • एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ।
  • पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ।

मेलम्ची। एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ। पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन।

“चीनबाट सामग्री भित्रिन थालेको छ”, भन्सार अधिकृत केशवराज ओलीले भने। भन्सारले कारोवार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए। ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ। सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन्। रासस

देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
काठमाडौँ । केही दिनदेखि देशभर भारी वर्षा भईरहेको छ। निरन्तरको मनसुनी वर्षाका कारण साना तथा ठूला नदीहरुमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।

हाल नेपालको पुर्व देखि पश्चिम तराई भू(भागमा मनसुन न्यूनचापिय रेखा रहिरहनेरहेकाले आगामी २४ घण्टासम्म भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अझै केही दिनसम्म देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनी वर्षा भईरहने छ।

अविरल वर्षाका कारण पाल्पाको सिद्धबाबामा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ भने सप्तकोशीमा पानीको बहाब उच्च भएपछि खतराको घण्टी र रातो झण्डा राखिएको छ। बाढीकै कारण भारतका आसाममा ३ जनाको ज्यान गएको छ भने ४ लाख मानिस प्रभावित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
घट्दै सडक बालबालिका
घट्दै सडक बालबालिका
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !
एमालेसँग यसकारण डराए प्रधानमन्त्री देउवा, अन्ततः ओलीकै अडानको जित !
एमालेसँग यसकारण डराए प्रधानमन्त्री देउवा, अन्ततः ओलीकै अडानको जित !
त्रिवि दिवसमा शिक्षण अस्पतालका नियमित सेवा आधा दिन प्रभावित, आकस्मिक सेवा भने यथावत्
त्रिवि दिवसमा शिक्षण अस्पतालका नियमित सेवा आधा दिन प्रभावित, आकस्मिक सेवा भने यथावत्
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
सभामुखमाथि खुर्सानीको धुलो र बोतल प्रहार (भिडियोसहित)
सभामुखमाथि खुर्सानीको धुलो र बोतल प्रहार (भिडियोसहित)