दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

सारांश

  • काठमाडौं ।
  • नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
  • आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।

आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ । लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ । आज तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?