किन अष्ट्रिया जाँदैछन् उपराष्ट्रपति पुन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
७१ पटक हेरिएको
Shares
किन अष्ट्रिया जाँदैछन् उपराष्ट्रपति पुन ?

सारांश

  • काठमाडौं ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ जाँदै छन् ।
  • उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लगेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ जाँदै छन् ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लगेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उनी कतार एयरवेजको विमानमार्फत आइतबार बिहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुनेछन् ।

अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नेछन् । भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नुहुने प्रेस संयोजक मगरले बताए ।

उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनेनछन् । अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा समेत सहभागीता जनाउनेछन् ।

भ्रमणका क्रममा उनले अष्ट्रियामा रहनुभएका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । उनी भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्कने उका प्रेस संयोजक मगरले बताए ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य र पेरिस सम्झौताका जनादेश हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्री सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
Saif Ali Khan and Sara Ali Khan to sign a film together?
Saif Ali Khan and Sara Ali Khan to sign a film together?
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार
सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै
सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा.महत
विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा.महत
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन