द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

सारांश

  • काठमाडौँ, १९ वैशाख, राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ ।
  • सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज सरोकार भएका मन्त्रालयका सचिव र निकायका प्रतिनिधिसहितको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य विषयमा पनि एक निकायले अर्काे निकायलाई अड्काएर महत्वपूर्ण कामलाई असर पार्ने स्थिति अन्त्य गर्न छुट्टै ऐन (सनसेक्ट एक्ट) ल्याउन लागिएको जानकारी दिनुभयो ।
  • उहाँले आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्रिपरिषद् वा अन्य सम्बन्धित मन्त्रालयबाट गरिनुपर्ने निर्णयका विषयमा सिफारिस गरिने जानकारी दिनुभयो ।

काठमाडौँ, १९ वैशाख, राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज सरोकार भएका मन्त्रालयका सचिव र निकायका प्रतिनिधिसहितको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य विषयमा पनि एक निकायले अर्काे निकायलाई अड्काएर महत्वपूर्ण कामलाई असर पार्ने स्थिति अन्त्य गर्न छुट्टै ऐन (सनसेक्ट एक्ट) ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्रिपरिषद् वा अन्य सम्बन्धित मन्त्रालयबाट गरिनुपर्ने निर्णयका विषयमा सिफारिस गरिने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “सरकारको केन्द्रीय महत्वको विषय भएकाले कहाँ÷कहाँ के÷के मिलाउनपर्छ, त्यसमा हामी लाग्नेछौँ, राजनीतिक नेतृत्व विगतमा अलमलमा थियो होला, अहिले स्पष्ट छ, अब कर्मचारीतन्त्रमा पनि अलमल रहनु आवश्यक छैन ।”

रक्षा सचिव विष्णुप्रसाद लम्सालले ऐनको मस्यौदा भई सम्बन्धित मन्त्रालयसँग परामर्श भइरहेको बताउँदै सरकारको प्राथमिकता प्राप्त कामको जिम्मेवारी लिएको नेपाली सेनालाई निर्वाधरुपमा काम गर्ने वातावरण मिलाउन ऐन आवश्यक रहेको छ भन्नुभयो ।

छलफलमा द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकना क्षेत्रमा मुअब्जा पुनरावलोकन र सांस्कृतिक सम्पदा सिकाली मन्दिर जोगाएर पूर्व निर्धारत सडकको रेखाकङ्कनमा सामान्य परिवर्तन गर्नेलगायत समस्या समाधान गर्ने निष्कर्ष निकालिएको छ ।

ललितपुरको सैँबू, खोकना, बुङ्गमति क्षेत्रमा आयोजनाका लागि आवश्यकपर्ने करीब ८०० रोपनी जग्गा अधिकरण हुनुपर्नेमा २५० रोपनीको अधिकरण गरी मुअब्जा वितरण भइसकेको छ ।

यस्तै आयोजनाको कार्यविधि परिवर्तन गरी उच्चस्तरीय अनुगमन र सहजीकण समिति गठन गर्ने, आगामी आर्थिक वर्षका लागि रु ३८ अर्ब प्रक्षेपण गर्ने, ऐलानी जग्गामा रहेका घर टहराका बासिन्दालाई पुनःस्थापना, स्थानीय नदीनाला र खानीको उत्खनन गरी निर्माण सामग्री निर्वाध प्रयोग गर्र्ने, स्थलमा कार्यरत जनशक्तिलाई साधारण र जोखिम भत्ता दिने, सञ्चार र विद्युतीकरण गर्ने विषयमा सम्बन्धित मन्त्रालय र निकायले सहजीकरण गर्नेछन् ।

नेपाली सेनाले नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउन तथा छिमेकी र तेस्रो मुलुकबाट आउने निर्माण सामग्रीमा भन्सार छुट दिन पनि माग गरेको छ ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमी हुने दक्षिण एसियालीस्तरको सो मार्गको नेपाली सेनाले निर्माण गरिरहेको छ । २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो भने २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा त्यसको शिलान्यास गर्नुभएको थियो । आयोजनाका लागि चालु आवमा रु १० अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ ।

छलफलमा गृह सचिव प्रेमकुमार राई, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना र भौतिक योजना तथा पूर्वाधार, वन तथा भू संरक्षण मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल सञ्जालका १४ बुँदे माग
बाल सञ्जालका १४ बुँदे माग
Two dead and 24 injured in Las Vegas after gunman opens fire at casino
Two dead and 24 injured in Las Vegas after gunman opens fire at casino
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
चीनमा उत्तर कोरियाली युवतीको ‘सेक्स बजार’
चीनमा उत्तर कोरियाली युवतीको ‘सेक्स बजार’
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा

तपाईंले छुटाउनुभयो कि?