प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • बीबीसी।
  • भारत(पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ।
  • लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी-अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्।

बीबीसी। भारत(पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ।

लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी-अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्।

त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध तनावपूर्ण थियो। गत सप्ताहान्तमा चोपडा ब्यूटिकन नामक संस्थाले आयोजना गरेको कार्यक्रमको मञ्चमा थिइन्। त्यतिबेला दर्शकदीर्घामा बसेकी पाकिस्तानी(अमेरिकी महिला आयेशा मलिकले उनलाई प्रश्न गरिन्।

ूतपाईँले मानवताको बारेमा कुरा गरेको सुन्न अलि कठिन भयो किनभने तपाईँको छिमेकी पाकिस्तानीको रूपमा मलाई थाहा छ तपाईँ अलि आडम्बरी हुनुहुन्छ,ू आयेशा मलिकले भनिन्।

उनले पछि एउटा भिडिओ ट्विटरमा पनि राखिन्।

उनले चोपडाले फेब्रुअरीमा लेखेको ट्वीटको प्रसङ्ग कोट्याउँदै भनिन्, ूतपाईँ ९राष्ट्रसङ्घीय बालकोष० युनिसेफको शान्तिदूत पनि हुनुहुन्छ र पनि तपाईँ पाकिस्तानविरुद्ध परमाणुयुद्धलाई उक्साइरहनु भएको छ। यसमा कसैको जित हुँदैन।ू

मलिकले अझै बोलिरहने देखिएपछि उनको माइक खोसिएको थियो।

त्यसपछि सन् २०१६ देखि युनिसेफको सद्भावनादूत रहेकी चोपडाले मलिकलाई जबाफ दिइन्। उनले पाकिस्तानमा आफ्ना धेरै मित्रहरू रहेको बताउँदै आफू युद्धको पक्षमा नभएको बरु देशभक्त चाहिँ भएको बताइन्।

भारत(प्रशासित कश्मीरमा ४० जना भारतीय सैनिकको ज्यान जानेगरी भएको आक्रमणको जिम्मेवारी पाकिस्ताबाट सञ्चालन भएको मानिने एउटा आतङ्कवादी समूहले लिएपछि भारत र पाकिस्तानबीचको तनाव चरमोत्कर्षमा पुगेको थियो।

त्यसपछि भारतले पाकिस्तानी भूभागमा हवाई आक्रमण गरेपछि प्रियंकाले ट्वीट गरेकी थिइन्।
चोपडाले आयेशा मलिकको आरोपको जबाफ दिइन्, तर मलिकको बोल्ने शैलीको आलोचना गरिन्।

चोपडाले भनिन्, ूपाकिस्तानमा मेरा धेरैधेरै साथीहरू छन्। म भारतबाट आएकी हुँ, तर मलाई युद्ध मन पर्दैन। तर म देशभक्त छु। मैले कसैको भावनामा चोट पुर्‍याएकी रहेछु भने क्षमाप्रार्थी छु। तर मलाई लाग्छ हामी सबैले हिँड्ने एउटा बीचको बाटो हुन्छ। त्यो तपाईँको पनि छ होला।ू

चोपडाले भनिन्, ूतपाईँ नचिच्याउनुहोस्। हामी सबै यहाँ प्रेमका लागि आएका छौँ। नचिच्याउनुहोस्। तपाईँको उत्साह, प्रश्न र आवाजका लागि धन्यवाद।ू

मलिकले पछि आफूलाई चोपडाको जबाफ चित्त नबुझेको बताइन् र उनी ट्वीटरकी ूखराब मान्छेू भएको प्रतिक्रिया दिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?