पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
१८ पटक हेरिएको
Shares
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने

सारांश

  • काठमाडौँ ।
  •  नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गर्ने भएको छ ।
  • पुस २६ गतेदेखि सुरु हुने प्रदर्शनी १५ दिनसम्म सञ्चालन हुनेछ ।

काठमाडौँ । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गर्ने भएको छ ।पुस २६ गतेदेखि सुरु हुने प्रदर्शनी १५ दिनसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० भन्दा बढी प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिने जनाइएको छ ।

हालसालै प्रकाशन भएका २० प्रकारका पुस्तक प्रदर्शनीमा आकर्षणको केन्द्र बन्नेछन् । प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले गर्नुहुने भएको छ ।

प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिनेछ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिने तयारी भएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको भए पनि पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा साझा प्रकाशन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिने छ । ललितकला प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइने प्रतिष्ठानले जनाएको छ ।

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सांस्कृतिक र्‍यालीसहित सिंहदरबारको पश्चिम मूल ढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको छ । पृथ्वी जयन्तीका अवसरमा यस वर्षदेखि फेरि सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?