धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि

सारांश

  • धनगढी।
  • धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन्।
  • मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् ।

धनगढी। धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन्। मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् । हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन्। एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन्।

मेयरमा हमाल जिततिर अगाडि बढेका छन्। वड र चन्दकाे संयुक्त मत जाेड्दा पनि हमालकाे मत बढी हुन्छ । वड र चन्दकाे संयुक्त मत ६ हजार २८ मात्र पुगेकाे छ । धनगढीमा ५२ हजार १८१ सय मत खसेकाे थियाे।

वड सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन्। उनी धनगढीका निवर्तमान मेयरसमेत हुन्। उपमेयरमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीले सुरुवातमा फराकिलो अन्तरले लिड गरेपनि एमालेकी उम्मेदवार कन्दकला राननले अहिले मतान्तर घटाएकी छन्।

अधिकारीले २ हजार ९४० मत प्राप्त गर्दा रानाले २ हजार ८४५ मत पाएकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ६४८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?