भदौरे झरी (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
४६ पटक हेरिएको
Shares
भदौरे झरी (भिडियो सहित)

सारांश

  • नवीन खडका / नेपाली मौलिक पन बोकेको अर्को विधा तिज गीत संगीतमा मौलिक रस हराउँदै गएको अहिले अवस्थामा बिगत निकै लामो समय यता सांगीतिक क्षेत्रमा क्रियासिल गायिका उमा श्रेष्ठको अर्को मौलिक तिज सांगीतिक कोसेली “भदौरे झरी” भर्खरै बजारमा आएको छ ।
  • एस एस फिल्म्स प्रालिले बजारमा ल्याएको यस गीतमागायिका उमालाई अर्का चर्चित गायक प्रकाश कटुवालको सुमधुर स्वर रहेको छ ।
  • यस गीत संग सम्बन्धित कलाकारहरुले अहिलेको तिज गीतको भिडमा आफ्नो क्षमताले भ्याए सम्मको कला बाहिर उतारेको र अशंख्य दर्शक श्रोताहरुले मन पराउनेमा ढुक्क रहेको बताएका छन् ।

नवीन खडका / नेपाली मौलिक पन बोकेको अर्को विधा तिज गीत संगीतमा मौलिक रस हराउँदै गएको अहिले अवस्थामा बिगत निकै लामो समय यता सांगीतिक क्षेत्रमा क्रियासिल गायिका उमा श्रेष्ठको अर्को मौलिक तिज सांगीतिक कोसेली “भदौरे झरी” भर्खरै बजारमा आएको छ ।

एस एस फिल्म्स प्रालिले बजारमा ल्याएको यस गीतमागायिका उमालाई अर्का चर्चित गायक प्रकाश कटुवालको सुमधुर स्वर रहेको छ । यस गीत संग सम्बन्धित कलाकारहरुले अहिलेको तिज गीतको भिडमा आफ्नो क्षमताले भ्याए सम्मको कला बाहिर उतारेको र अशंख्य दर्शक श्रोताहरुले मन पराउनेमा ढुक्क रहेको बताएका छन् ।

प्रकाश कटुवालको निकै उत्कृष्ट लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल र उमा श्रेष्ठले नै अभिनय प्रस्तुत गरेका छन् । साथमा अन्य धेरै कलाकारहरुको आकर्षक नृत्यले पनि यस गीतको स्वादमा वृद्धि भएको छ भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

(https://www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?