प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४२ पटक हेरिएको
Shares
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

सारांश

  • काठमाडौं ।
  • आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस ।
  • प्रेमीप्रेमीकाको आज विशेष दिन ।

काठमाडौं । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् ।

प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।

आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् ।

पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् । यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् ।

रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ ।

यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापाले बताए । पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु ५० प्रवेश शुल्क कायम गरिएको छ ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल । करिब ११ रोपनी क्षेत्रफलमा रहेको योे रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल समाचार : हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
खेल समाचार : हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
डीआइजी बढुवामा रमेश खरेलभन्दा सर्बेन्द्र खनाल अगाडि
डीआइजी बढुवामा रमेश खरेलभन्दा सर्बेन्द्र खनाल अगाडि
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
इटालीमा आठ आप्रबासीको शव फेला
इटालीमा आठ आप्रबासीको शव फेला
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
आज यी राशिको चम्किँदैछ भाग्य?
आज यी राशिको चम्किँदैछ भाग्य?