विराटनगरमा निर्वाचन सामग्री वितरण
सारांश
- १७ मंसिर,विराटनगर ।
- आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक समग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरुगरिएको छ ।
- क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुने ६८ प्रकारका निर्वाचन समग्री निर्वाचन अधिकृतमार्फत निर्वाचन क्षेत्रमा पठाउन थालेको हो ।
१७ मंसिर,विराटनगर । आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक समग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरुगरिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुने ६८ प्रकारका निर्वाचन समग्री निर्वाचन अधिकृतमार्फत निर्वाचन क्षेत्रमा पठाउन थालेको हो ।
निर्वाचमा प्रयोग हुने मतपेटिका, मतपत्र लगायतका सामग्री निर्वाचन स्थलतर्फ पठाउन थालिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले बताए ।
मोरङ-३ का मतदान अधिकृतहरुले आइतबार सामग्री बुझेर कर्मचारी तथा सुरक्षाकर्मी सहितको टोली निर्वाचन स्थलतर्फ परिचालन भएको कार्यालय प्रमुख सन्जेलले जानकारी दिए ।
प्रतिक्रिया