तीनदिने मैत्री दिवस मनाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २, २०७९
|
|
२० पटक हेरिएको
Shares
तीनदिने मैत्री दिवस मनाइने

सारांश

  • काठमाडौँ ।
  • बोधी श्रवण धर्म सङ्घ नेपालले यही चैत ८ गतेदेखि देशका विभिन्न १२ स्थानमा धार्मिक अनुष्ठान आयोजना गरी मैत्री दिवस मनाउने भएको छ ।
  • सो सङ्घले आज यहाँ एक कार्यक्रम आयोजना गरी विश्व शान्तिका पक्षमा झापाको काँकडभिट्टास्थित कालीखोला, भोजपुरस्थित षडानन्द नगरपालिकाको हजारे, सिन्धुलीको गड्यौली, बाराको निजगढ–रतनपुर, चितवनको भरतपुर–नयाँबस्ती, लमजुङको कोझ्योक्पा, नवलपुरको पिठौली, सिन्धुपाल्चोकको टोड्केबारी, दोलखाको मेलुङ र रामेछापको च्यास्कुमा धार्मिक अनुष्ठान गर्न लागेको जनाएको छ ।

काठमाडौँ । बोधी श्रवण धर्म सङ्घ नेपालले यही चैत ८ गतेदेखि देशका विभिन्न १२ स्थानमा धार्मिक अनुष्ठान आयोजना गरी मैत्री दिवस मनाउने भएको छ ।

सो सङ्घले आज यहाँ एक कार्यक्रम आयोजना गरी विश्व शान्तिका पक्षमा झापाको काँकडभिट्टास्थित कालीखोला, भोजपुरस्थित षडानन्द नगरपालिकाको हजारे, सिन्धुलीको गड्यौली, बाराको निजगढ–रतनपुर, चितवनको भरतपुर–नयाँबस्ती, लमजुङको कोझ्योक्पा, नवलपुरको पिठौली, सिन्धुपाल्चोकको टोड्केबारी, दोलखाको मेलुङ र रामेछापको च्यास्कुमा धार्मिक अनुष्ठान गर्न लागेको जनाएको छ ।

सङ्घका केन्द्रीय सदस्य एवं मैत्री दिवस प्रचार–प्रसार समितिका संयोजक बृषध्वज वाइवाले सम्पूर्ण मानव तथा प्राणी जगत्को सुख, शान्ति र समृद्धिका पक्षमा अघिल्ला वर्षमा जस्तै हुन लागेको पाठपूजा, प्रार्थनासहितको धार्मिक अनुष्ठानमा सहभागी भई मैत्री दिवस भव्यतासाथ मनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभयो । हरेक वर्ष तीन दिन बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?