धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव

सारांश

  • दाङ, २ माघ ।
  • दाङको लालीगुराँस आवासीय माध्यामिक विद्यालयले प्रसिद्ध धार्मिकस्थल बाह्रकुने दहमा सरसफाई गरी आफ्नो १३ औं वार्षिकोत्सवको शुभारम्भ गरेको छ ।
  • माघे संक्रान्तिमा ठूलो मेला लाग्ने गरेको र त्यहाँ आएका श्रद्धालु भक्तजनहरुबाट भएको फोहरको सरसफाई गरिएको विद्यालयका प्रिन्सिपल केशरमान बीसीले बताए ।

दाङ, २ माघ । दाङको लालीगुराँस आवासीय माध्यामिक विद्यालयले प्रसिद्ध धार्मिकस्थल बाह्रकुने दहमा सरसफाई गरी आफ्नो १३ औं वार्षिकोत्सवको शुभारम्भ गरेको छ । माघे संक्रान्तिमा ठूलो मेला लाग्ने गरेको र त्यहाँ आएका श्रद्धालु भक्तजनहरुबाट भएको फोहरको सरसफाई गरिएको विद्यालयका प्रिन्सिपल केशरमान बीसीले बताए ।

विद्यालयका प्रिन्सिपल केशरमान बीसी र निवर्तमान प्रिन्सिपल गोपालप्रसाद भुसालले कुचो लगाएर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए । “माघ १ गते ठूलो मेला लाग्ने बाह्रकुने दहमा आज विद्यार्थीहरु लगेर सरसफाई गरी हाम्रो विद्यालयको १३ औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रमको शुभारम्भ गरेका हौं”, प्रिन्सिपल बीसीले भने ।

साताव्यापी कार्यक्रमअन्तर्गत भोलि बृद्धाश्रममा फलफूल वितरण र त्यसपछि अन्य कार्यक्रमहरु गरिने विद्यालयले जनाएको छ । लालीगुराँस आवासीय विद्यालय २०६० सालमा स्थापित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?