नेपालले पाँचौँ विकेट गुमायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
नेपालले पाँचौँ विकेट गुमायो

सारांश

  • काठमाडौँ ।
  • पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ ।
  • २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो ।

काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । आशिफ खेलको २९ दशमलव ५ ओभरमा आउट भएका हुन् । उनले ९७ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाए ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?