अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन

सारांश

  • काठमाडौं,माघ १२ ।
  • स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन जारी नगर्दा हालसम्म सुशासन समिति समेत गठन हुन सकेको छैन ।
  • यहाँ आठ स्थानीय तह छन् ।

काठमाडौं,माघ १२ । स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन जारी नगर्दा हालसम्म सुशासन समिति समेत गठन हुन सकेको छैन । यहाँ आठ स्थानीय तह छन् । कानूनी प्रावधानअनुसार हरेक स्थानीय तहमा सुशासन प्रवद्र्धन समिति गठन गर्नुपर्छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सुशासन प्रवद्र्धन नीति तथा कार्ययोजना २०७४ बनाएर स्थानीय तहलाई पनि सुशासन प्रवद्र्धनका लागि सुशासन ऐन निर्माण गरी सुशासन प्रवद्र्धन समिति गठन गर्न निर्देशन दिएको थियो । तर, नेपालगञ्ज उपमहानगरपालिकाबाहेक अहिलेसम्म बाँकेका अन्य स्थानीय तहले सुशासन ऐन बनाएका छैनन् ।

सुशासन र पारदर्शिताका लागि नगरपालिका गम्भीर भएको कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूले बताए। जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले सुशासन ऐन निर्माण नगरेको बताउनुभयो । तर, गाउँपालिकाको नीति तथा कार्यक्रममा सुशासनलाई समावेश गरिएको उनले बताए ।

“नीति तथा कार्यक्रममा सुशासनलाई समेटिएपछि छुट्टै सुशासनसम्बन्धी कानून बनाउनुपर्ला जस्तो लाग्दैन”, उनले भने “बनाउनैपर्ने कानूनी व्यवस्था भए कानूनका जानकारसँग सल्लाह लिएर ऐन बनाउनुपर्छ ।” डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले सुशासन प्रवद्र्धन ऐन निर्माणको तयारी गाउँपालिकाले गरेको बताउन्छन् ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
सशस्त्र प्रहरीद्वारा स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन
सशस्त्र प्रहरीद्वारा स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १६ लाख
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !
पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा