‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २२, २०७९
|
|
२९ पटक हेरिएको
Shares
‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’

सारांश

  • काठमाडाैं।
  • नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।
  • अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडाैं। नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ।

उनले भने, “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ। ”प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी सम्राट्को गद्दी आरोहण समारोह आज
जापानी सम्राट्को गद्दी आरोहण समारोह आज
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
अवरुद्ध विद्युत् सेवा सञ्चालन
अवरुद्ध विद्युत् सेवा सञ्चालन
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु
अणुबमले पनि मार्न नसकेको रुख बालुवाटारमा !
अणुबमले पनि मार्न नसकेको रुख बालुवाटारमा !
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

तपाईंले छुटाउनुभयो कि?