धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
२७ पटक हेरिएको
Shares
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

सारांश

  • बाँके ।
  • बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ ।
  • जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो ।

बाँके । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो ।

ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।

उनका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुर्‍याउने योजना छ ।

कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी मार्ग तय गरिएको ढकालले बताए । उक्त मार्ग निर्माणलाई योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ ।

जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम सुरु गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए । ‘कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थल बारे जानकारी छैन’, उनले भने, ‘पर्यटनमार्ग निर्माण पश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।’

बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगन्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले
बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले
निर्माण हुँदै गरेको पुल भत्किन शुरु
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
प्रधानमन्त्री पदमा शेरबहादुर देउवाकाे दाबी
प्रधानमन्त्री पदमा शेरबहादुर देउवाकाे दाबी
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !

तपाईंले छुटाउनुभयो कि?