एक किलो टमाटरको मुल्य २५ लाख !
सारांश
- यदि तपाईको मनमा मुल्यवृद्धिको चरमतालाई लिएर कुनै अनुमान छ भने भेनेजुएलामा तपाईको अनुमानले फेल खान्छ ।
- भेनेजुएलामा यसलार्ई महामहंगी भनिएको छ ।
- भेनेजुएलामा एक किलो टमाटरको मुल्य ५० लाख बोलिवर रहेको छ ।
यदि तपाईको मनमा मुल्यवृद्धिको चरमतालाई लिएर कुनै अनुमान छ भने भेनेजुएलामा तपाईको अनुमानले फेल खान्छ । भेनेजुएलामा यसलार्ई महामहंगी भनिएको छ । भेनेजुएलामा एक किलो टमाटरको मुल्य ५० लाख बोलिवर रहेको छ । त्यहाँको सरकारले यस महंगीलाई नियन्त्रण गर्न जुन योजना बनाएको छ त्यसले सर्वसाधारणमा झनै भ्रम सिर्जना गरेको छ ।

राष्ट्रपति निकोलस मादुरोले भेनेजुएलाको मुद्रा बोलिवरको नाम बदलेर सान्वरेन बोलिवर बनाएका छन् । साथै यसको ९५ प्रतिशत अवमूल्यन पनि गरिएको छ । अर्थात १ लाख बोलिवर बराबर १ सान्वरेन बोलिवर हुनेछ । नेपाली १ रुपैया बराबर ७२५ बाेलिवर हुन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेजुएलाको महंगाइ दर १० लाख प्रतिशतले बढ्न सक्ने अनुमान लगाएका छन् । यसले भेनेजुएलाको हालत थप खराब हुने अर्थशास्त्रिहरुले चेतावनी दिएका छन् ।
भेनेजुएला यतिबेला महामंदीको चपेटामा छ । त्यहाँको राष्ट्रिय सांसदका अनुसार हरेक २६ दिनमा वस्तुको मुल्य दुईगुणा हुँदै गएको छ । त्यसको एक उदाहरण हो एक कप दुधवाला कफि । एक कप कफिको मुल्य गएको महिनाको अन्त्यमा २५ लाख बोलिवर थियो । जुन अहिले अझ बढि भएको छ।
प्रतिक्रिया