प्रधानमन्त्री भारतमा, रक्षा राज्यमन्त्रीले गरे स्वागत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
४४ पटक हेरिएको
Shares
प्रधानमन्त्री भारतमा, रक्षा राज्यमन्त्रीले गरे स्वागत

सारांश

  •   प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत पुग्नुभएको छ ।
  • चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुग्नुभएको हो ।
  • देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभयो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत पुग्नुभएको छ । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुग्नुभएको हो ।

देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को विमानमार्फत भारत गएको हो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि हुनुहुन्छ । प्रधानमन्त्री देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए ।

प्रधानमन्त्री देउवासँग अहिले साढे ४ बजे भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नुहुने छ । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीमा रहेको नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनुहुनेछ ।

भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । प्रधामन्त्री देउवाले दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको तेस्रो दिन आइतवार प्रधानमन्त्रीसहितको टोली बिहानै बनारस जानेछ । देउवा नेतृत्वको टोली आइतवार दिउँसो नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने
कोरोना असरः विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन
कोरोना असरः विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ  : मुख्यमन्त्री पाण्डे
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा
आज पनि  कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा
आज पनि कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’