धुर्मस–सुन्तलीको बस्ती हस्तान्तरण कार्यक्रम अगाडि सर्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
धुर्मस–सुन्तलीको बस्ती हस्तान्तरण कार्यक्रम अगाडि सर्यो

सारांश

  • काठमाडौं, २७ पुस ।
  • रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले चौंथो परियोजनाअन्तर्गत ४७ घरपरिवार बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती हस्तान्तरण कार्यक्रम अगाडि सरेको छ ।
  • सीताराम कट्टेल (धुर्मस)ले माघ २४ गते हुने भनिएको बस्ती हस्तान्तरण कार्यक्रम माघ २१ गते नै हुने बताएका छन् ।

काठमाडौं, २७ पुस । रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले चौंथो परियोजनाअन्तर्गत ४७ घरपरिवार बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती हस्तान्तरण कार्यक्रम अगाडि सरेको छ । सीताराम कट्टेल (धुर्मस)ले माघ २४ गते हुने भनिएको बस्ती हस्तान्तरण कार्यक्रम माघ २१ गते नै हुने बताएका छन् ।

“आज ९० दिन भएछ एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा जुटेको । निकै खुसी छु । उत्तिकै भाबुक पनि छु । सहयोगी मनहरुले मन फराकिलो नबनाइदिनु भएको भए हामीले बस्तीको परिकल्पना मात्र गरेर सम्भब थिएन”, धुर्मुसले भनेका छन्, “५ करोड ९५ लाख अनुमानित रकम मध्य अब लगभग १ करोड ५० लाख रकम यो परियोजनालाई अपुग छ र हालसम्म ४ करोड ३१ लाख भन्दा बढी रकम खर्च भइसकेको छ तर आशावादी छु ।” उनले माघ २४ गते बस्ती हस्तान्तरणको संकल्प गरेकोमा निर्धारित समय भन्दा अगाबै माघ २१ गते बस्ती हस्तान्तरण गरिने बताउँदै माघ २१ गते बस्ती हस्तान्तरण समारोहका लागि चुले निम्तो समेत दिएका छन् ।

नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल “धुर्मुस” ले बताए । बस्ती बनाउन २सय ६१ जना कामदार खटिएका छन् । हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेको छ । अहिले भ्यु टावर र मन्दिर बाहेकका अरु संरचनाहरु सबै अन्तिम चरणमा पुगेका छन् । बस्तीको बाटो, बिजुली, खानेपानीलगायतका कामहरु बाँकी रहेको र १० दिनभन्दा अगावै बस्ती निर्माण पूरा हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
वर्षेनी कहाँ हराउँछन् काम गर्न सक्ने ७ लाख नवयुवा ?
वर्षेनी कहाँ हराउँछन् काम गर्न सक्ने ७ लाख नवयुवा ?
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

तपाईंले छुटाउनुभयो कि?