हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

सारांश

  • मुगु ।
  • हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।
  • मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।

मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ’, उनले भने ।

शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै
उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै
तयारीविनै प्रदेशमा एआईजी पठाए गृहमन्त्रीले
तयारीविनै प्रदेशमा एआईजी पठाए गृहमन्त्रीले