सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति

सारांश

  • नेपाली काँग्रेसले सृजना सिंहलाई काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनाउने सहमति बनाएको छ ।
  • आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सिंहको नाममा सहमति बनाएको हो ।
  • सिंहको नाममा सहमति भएपनि भोलि विहान मात्र औपचारिक घोषणा हुने बुझिएको छ ।

नेपाली काँग्रेसले सृजना सिंहलाई काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनाउने सहमति बनाएको छ । आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सिंहको नाममा सहमति बनाएको हो ।

सिंहको नाममा सहमति भएपनि भोलि विहान मात्र औपचारिक घोषणा हुने बुझिएको छ । ललितपुर र विराटनगरमा भने सहमतिको प्रयास जारी छ । दुवै महानगरपालिकामा नयाँ उम्मेदवारलाई अगाडि बढाउनेबारे छलफल भइरहेको बुझिएको छ ।

२०३२ सालमा काँग्रेसको क्रियाशील सदस्य बनेकी सृजना सिंहले गोरखामा नेपाल महिला संघमा बसेर काम गरिन् । काँग्रेस नेता प्रकाशमान सिंहसँग विवाह गर्नु पूर्व विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् ।

शंकरदेव क्याम्पसमा स्ववियूको कोषाध्यक्षमा समेत निर्वाचित भइन् । त्यतिबेला हालकी ऊर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा पराजित गरेकी थिइन् । नेविसंघको राजनीतिमा लाग्दै गर्दा उनको प्रकाशमान सिंहसँग २०४२ सालमा विवाह भएको थियो ।

प्रकाशमानलाई राजनीतिमा सघाउन उनले पार्टीको पदमा इच्छा देखाइनन् । यद्यपि, सृजना सिंह काँग्रेस कार्यकर्ता माझ लोकप्रीय छिन् । चाक्सीबारी पुग्ने कार्यकर्ताको समस्या सुन्ने र बुझ्ने उनको व्यवहार रहने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?