विश्वव्यापी वित्तीय बजारका वास्तविक चुनौती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
विश्वव्यापी वित्तीय बजारका वास्तविक चुनौती

सारांश

  • आर्थिक संकटको संघारमा पुग्न लाग्दा पनि विश्वव्यापी बजारमा विनाकारण उत्साह देखिनु एउटा ठूलो रहस्यको विषय बनेको छ ।
  • राजनीतिक निर्णय तथा गतिविधिका कारण व्यावसायिक क्रियाकलापमा नकारात्मक असर पर्दै गएको देखिए पनि लगानीकर्ताहरू भने उत्साहित बन्दै गएको देखिन्छ ।
  • अहिले भएको लगानीले आगामी दिनमा नगद प्रवाह कम हुने भएकाले कुन क्षेत्रमा लगानी गर्दा आगामी दिनको बजार सन्तुलनमा सकारात्मक असर पर्छ र कुन क्षेत्रमा लगानी गर्दा नकारात्मक असर हुन्छ भनी विश्लेषण गर्ने दिन आइसकेको छ ।

आर्थिक संकटको संघारमा पुग्न लाग्दा पनि विश्वव्यापी बजारमा विनाकारण उत्साह देखिनु एउटा ठूलो रहस्यको विषय बनेको छ । राजनीतिक निर्णय तथा गतिविधिका कारण व्यावसायिक क्रियाकलापमा नकारात्मक असर पर्दै गएको देखिए पनि लगानीकर्ताहरू भने उत्साहित बन्दै गएको देखिन्छ । अहिले भएको लगानीले आगामी दिनमा नगद प्रवाह कम हुने भएकाले कुन क्षेत्रमा लगानी गर्दा आगामी दिनको बजार सन्तुलनमा सकारात्मक असर पर्छ र कुन क्षेत्रमा लगानी गर्दा नकारात्मक असर हुन्छ भनी विश्लेषण गर्ने दिन आइसकेको छ । विश्लेषण नगरी लगानी गर्दा भविष्यमा नियन्त्रण गर्न नसकिने अवस्था आउन पनि सक्छ । तसर्थ, विश्लेषणपूर्वक लगानी गर्नुपर्ने हुन्छ । विश्लेषणका लागि जोकोही लगानीकर्ताका लागि पनि सहज बन्दै गएको अवस्था पनि छ ।

विश्वव्यापी बजारमा बिस्तारै आएको परिवर्तनले लगानीकर्ताले गरेका अपेक्षा उल्टनु झनै भयानक हुने गरेको छ । विश्वअर्थतन्त्रका प्रमुख खेलाडी राष्ट्रको व्यवहारले लगानीकर्ताले अपेक्षा गरेबमोजिमको परिणाम निस्किएको देखिँदैन । बजारमा परिवर्तन बिस्तारै–बिस्तारै देखिँदै जान्छन्, तर यी परिवर्तनले बजारको अधारभूत प्रणाली नै परिवर्तन गर्ने क्षमता राख्छन् । यसले लगानीको जोखिम र सम्भावित प्रतिफल पनि प्रभावित बन्दै आएको छ ।

तात्विक रूपमा आजको बजारको विश्लेषण गर्न अलि सहज पनि भएको छ । आम्दानी बढ्नु, मूल्य वृद्धिबाट हुने असर न्यूनीकरणका प्रयास हुनु र अर्थतन्त्र फराकिलो बन्दै गएकाले विश्लेषण गर्न अलि सहज भएको अनुभूति गरिएको हो । गत अक्टोबर महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी अर्थतन्त्रको आवधिक तथ्यांक प्रकाशन गर्‍यो । सो तथ्यांकअनुसार आगामी वर्ष थोरै राष्ट्रमा मात्र न्यून दरको आर्थिक वृद्धि हुने आकलन गरिएको छ । ठूला अर्थतन्त्र भएका राष्ट्रका केन्द्रीय बैंकले मौद्रिक नीतिमा कडाइ गर्ने योजना बनाएका छन् र कतिपय केन्द्रीय बैंकले त कडाइ पनि गर्न थालिसकेका छन् । त्यस्तै ब्याजदरमा कमी आएकाले यसलाई पनि सम्बोधन गर्न थालेका वा सम्बोधन गर्ने योजना बनाएका छन् ।

राजनीतिक संकट बढ्दै गए पनि लगानीकर्ताको मनस्थितिमा नकारात्मक असर पारेको देखिँदैन । बीसौँ शताब्दीमा आएको ठूलो आर्थिक संकटपछि बजारले थोरै समयमा नै उचाइ लिएको थियो । सन् १९४१ डिसेम्बर ७ मा अमेरिकाको पर्ल हार्वरमा जापानले आक्रमण गरेपछि अमेरिकी सेयर बजारमा १० प्रतिशतले कमी आएको थियो । तर, ६ हप्ताभित्र सेयर बजारमा सुधार आएर पहिलेकै अवस्था प्राप्त गरेको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमण भएपछि अमेरिकी सेयर बजार करिब १२ प्रतिशतले घटेको थियो । तर, एक महिनाभित्रै बजारमा सुधार आइहाल्यो । २३ नोभेम्बर १९६३ मा अमेरिकाका ३५औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि पनि अमेरिकी सेयर बजार ३ प्रतिशतले घटेको थियो । तर, अर्को दिनमा नै सेयर बजारमा सुधार आइहाल्यो ।

प्रत्येकपटकका राजनीतिक संकट निश्चय पनि फरक प्रकृतिका छन् । तर, नीतिनिर्माताले दिएको प्रतिक्रियाअनुसार लगानीकर्ताले निर्णय गर्ने एक अमेरिकी लगानीकर्ता जेन्स निस्टेडले बताएका छन् । यसैगरी सामान्य अवस्थामा पनि मौद्रिक नीति वा ब्याजदर समायोजन गर्ने हल्ला चलाएर केन्द्रीय बैंक र अर्थमन्त्रीहरू बजारमा जोखिम सिर्जना गर्छन् । उत्तर कोरियाले लिएको आणविक परीक्षण र क्षेप्यास्त्र प्रहारका गतिविधिले आगामी दिनमा आउने सम्भावित जोखिम पहिलो नम्बरमा परेको छ । कोरियाली प्रायद्वीपमा आणविक हतियार परीक्षणका गतिविधिले ठूलो मानवीय क्षति हुने संकेत गरेकाले विश्वको १३औँ ठूलो अर्थतन्त्र भएको राष्ट्र दक्षिण कोरियासँगको व्यापारमा पनि बाधा व्यवधान खडा भएको छ । यसले विश्वभर नै राजनीतिक चिन्ता बढाएको छ । यस्तो खालको परिस्थिति लामो समयसम्म त रहन नसक्ला, तर परिणाम भने निकै निराशाजनक आउने स्पष्ट नै छ । विश्वका शक्तिशाली राष्ट्रहरूले एउटै आवाज उठाए आगामी दिनमा नगद प्रवाह र लगानीको समस्या रहँदैन भन्न सकिन्छ ।

साउदी अरबको अवस्था यस्तै छ भन्न सकिन्छ । साउदीका राजकुमार मोहम्मद बिन सलमानले आफ्नो शक्ति प्रयोग गरी सरकार तथा सुरक्षा निकायका उच्च अधिकारी तथा अन्य राजकुमारलाई सरकारबाट बर्खास्त गरेका छन् । पछिल्लो समय साउदीलगायत मध्यपूर्वका राष्ट्रबीच शक्ति सन्तुलन भएको नदेखिए पनि निर्यातदर कायमै राखेको छ । मध्यपूर्वी राष्ट्रले विश्वभर आपूर्ति हुने तेल प्रवाहलाई रोकेको भए नयाँ प्रविधि र तेल निर्यातमा प्रतिस्पर्धी अन्य राष्ट्रले यी राष्ट्रलाई उछिन्न सक्थे ।

यसैगरी राजनीतिक तथा आर्थिक संकट निकै गहिरिएको भेनेजुएलाको नकारात्मक असर पनि सो क्षेत्रका अन्य राष्ट्रमा पर्न सक्थ्यो । राजनीतिक र आर्थिक संकट बढ्दै जाँदा मानव जीवन नै संकटमा पर्न सक्थ्यो । यहाँ आएको आर्थिक तथा राजनीतिक संकटले वित्तीय बजारमा खासै ठूलो प्रभाव पार्न सकेन । विश्वमा आएका राजनीति तथा आर्थिक परिदृश्यहरू समाचारका हेडलाइन नै बन्ने गरेकाले मानिसलाई थाहा नहुने सम्भावना कमै मात्र हुन्छ । तर, साइबर आक्रमण वा सरुवा रोगजस्तो अनपेक्षित रूपमा कुनै संकट आइपरेको अवस्थामा भने आगामी दिनमा फाइदा नहुने गरी लगानीकर्ताले लगानी गर्दैनन् । धेरै मानिसले मान्दै आएको आर्थिक मान्यतामा बिक्री सक्रिय भएको अवस्थामा लगानीकर्ताले नगद प्रवाह गरिरहने सम्भावना हुन्छ । यसले लगानीकर्ताहरूमा सचेतनासमेत पैदा गरेको बजारको बिक्री पुँजीकरण वृद्धि भएको कुराले देखाएको छ । अथवा केन्द्रीय बैंकले मूल्य वृद्धि नियन्त्रण गर्न सकेको छ । परिवर्तन कति वेला आउँछ थाहा हुँदैन । ठूला लगानीकर्ताले लिएको कर्जा खराब काममा प्रयोग भयो भने पुनः फिर्ता हुने सम्भावना निकै कम मात्रै हुन्छ ।

बढ्दो बजारमा लगानी गरिरहेका सचेत लगानीकर्ताले राजनीतिक परिवर्तनपछि आर्थिक क्षेत्रमा प्रभाव पार्ने कुरा सजिलै विश्लेषण गरिहाल्छन् । तर, कति लगानी गर्दा कस्तो खालको जोखिम आइपर्छ भन्नेचाहिँ निश्चित हुँदैन । यसले लगानीकर्ताको मनोबलमा यस्तै अवस्था आउँछ भने भविष्यवाणी गर्नचाहिँ गाह्रै हुन्छ । उदाहरणका लागि टर्कीलाई लिन सकिन्छ । प्रजातान्त्रिक प्रणालीबाहिर रहँदा टर्की युरोपबाट टाढा हुन पुग्यो र लगानीको प्रतिफल प्राप्त गर्ने कुरामा जोखिम बढेको कुरा लगानीकर्ताले थाहा पाइहाले । अर्कोतिर ब्राजिलमा भएको भ्रष्टाचारको घटनामा एकपछि अर्को नेताहरू तानिए । लगानीकर्ताहरूले राष्ट्रका निकायले गर्ने नियमित कामका रूपमा लगानीकर्ताले यो घटनालाई लिए । र, उनीहरूले आफैँ जोखिमको विश्लेषण गरे । वर्तमान समयको विश्वव्यापी बजारमा सबैभन्दा ठूलो राजनीतिक जोखिम भने ठूला अर्थतन्त्र भएका राष्ट्रले लगानीकर्ताका अपेक्षामा आएको परिवर्तनलाई सम्बोधन गर्न नसक्नु नै हो । यसमा सबैभन्दा ठूलो प्रभाव अमेरिकाका गतिविधिले पारेको हुन्छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले लगानीकर्ताका अपेक्षाबमोजिम गतिविधि नगर्न खोजिरहेका देखिन्छन् ।

अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्ने र कार्यान्वयनमा रहेका व्यापारिक सम्झौतालाई पुनर्परिभाषित गर्न खोजेकाले अमेरिकाले कस्ता खालका नीति लिन्छ भनेर यसै भन्न सकिने अवस्था छैन । ट्रम्पका साथै आगामी दिनमा अमेरिकाको नेतृत्व गर्ने नेताहरूले साझेदारीयुक्त संस्थागत विकास गर्नुभन्दा पनि व्यापारिक सन्तुलन कायम गर्ने सम्बन्धमा मात्र काम गरे भने बजारमा संकट आएको अवस्थामा सामूहिक प्रयास नहुन सक्छ । लगानीकर्ताका अपेक्षामा आएको परिवर्तन गर्न नसक्दा हाल बढिरहेको बजार घट्न सक्ने हुन्छ ।

क्रिस्टोफर स्मार्ट हार्वर्ड
विश्वविद्यालयअन्तर्गत केनेडी स्कुल अफ गभर्मेन्टका वरिष्ठ फेलो हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट २०१७

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
लकडाउन जेठ १० गतेसम्म बढाउने सरकारको तयारी
मोरङमा चुनावी प्रचारमा तीव्रता
मोरङमा चुनावी प्रचारमा तीव्रता
परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
नेपाल भर्सेस यमन- 02:46 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 02:46 बजे सम्मको अपडेट
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
भारतीय करले नेपाली अदुवा निर्यात प्रभावित, अदुवा निर्यात ठप्प
भारतीय करले नेपाली अदुवा निर्यात प्रभावित, अदुवा निर्यात ठप्प
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा

तपाईंले छुटाउनुभयो कि?