डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
सारांश
- १५ मंसिर, प्युठान ।
- नेकपा माओवादी केन्द्रका नेता मणि थापाले डा.
- गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका छन् ।
१५ मंसिर, प्युठान । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले डा. गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका छन् ।
भूकम्प प्रभावितहरुलाई अलपत्र छोडेर राजनीतिमा आएको भन्दै थापाले डा. पोखरेलको आलोचनासमेत गरे ।
डा. पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ पदबाट राजीनामा दिएर नेपाली कांग्रेसका तर्फबाट प्यूठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।
‘चुनाव सकिएपछि फेरि कुन एनजीओमा जागिर खाने भन्ने चिन्ता गर्दै हुनुहुन्छ ?’ प्युठानको बरौंलामा आयोजित जनसभालाई सम्वोधन गर्दै माओवादी नेता थापाले भने, ‘तपाईंलाई वाम गठबन्धनकै सरकारले फेरि पनि प्राधिकरणको सीईओ बनाउने छ । आफ्नो उम्मेदवारी विथ ड्र गरेर वाम गठबन्धनलाई समर्थन गर्नुहोस् ।’
पुसको पहिलो साता मुलुकले वाम एकताको बहुमतको सरकार पाउने थापाको भनाइ छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा कांग्रेसबाट डा. पोखरेल र वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
Shyam Shubham Giri
बाऊ लाई भाई बनाऊन सिकाएछ मोरा ले
Sagar Babu Niroula
Ha ha sattiya gayo ho ka
Surya Prasad Suwal
केही वषॅ भित्र नेपालवाट कम्युनिष्टहरू पलायन र पतन हुन्छ ।
Raju Sth
जय नेपाल
Raju Sth
यस्तो पागल बाम हरु ले जे पनि भन्छ
Tek Poudyal
तेसजानमारा,लाइतेसाेभननेअधिकार
कहाबाटपायाे